बाढीपीडित विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने
भदौ १४, २०८३काठमाडौं । काठमाडौं मेडिकल कलेजले बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ । बाढीका कारण आर्थिक संकटमा परेपछि उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगस्वरूप निःशुल्क प्रत्यारोपण गर्ने निर्णय गरिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । विष्णुकुमारीका श्रीमान् राजकुमार डंगोल हुन् ।
सबै पढ्नुहोस