आज ‘क्रिसमस डे’ पर्व मनाइदै
पुस १०, २०८२काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरूको महान पर्व ‘क्रिसमस डे’ आज मनाइँदैछ । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइष्टको जन्मदिन मनाउने परम्परा छ । क्रिसमसका अवसरमा आज चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
सबै पढ्नुहोस