×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

रास्वपामा राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोप्रति रवि लामिछानेले मागे माफी

रास्वपामा राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोप्रति रवि लामिछानेले मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन् ।

बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले माफी मागेका हुन् ।

‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राइ लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ रविले भनेका छन्, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’

प्रतिकृया दिनुहोस्