हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
माघ ५, २०८२काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । आइतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस