×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो ।

पाण्डेको सुनुवाइ सकेर सिमितिले गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा कार्ययोजना पेस गर्दैछन् । त्यसपछि सांसदहरको प्रश्नको जवाफ दिनेछन् ।

डाँगीको विरुद्धमा विभिन्न ७ वटा उजुरीहरू परेका छन् । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् । असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

चारमध्ये दुई जनाको शुक्रबार सुनुवाइ भइसकेको छ। शुक्रबार डा।रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्