उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने
माघ ७, २०८२काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । गत वर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।
सबै पढ्नुहोस