२१.६२ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार
फाल्गुण १२, २०८२काठमाडौँ । मंगलबार नेप्से २१.६२ अंकले बढेको छ । २१.६२ अंकले बढेर नेप्से २६३८.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.३१ प्रतिशतले बढेको छ । त्यसैगरी आज एसबीआई बैंकको सेयर ३.५८ प्रतिशतले घटेको छ ।
सबै पढ्नुहोस