यातायात कार्यालयबाट १४ बिचौलिया पक्राउ
पुस १०, २०८२काठमाडौं । यातायात कार्यालय छेउछाउ बसेर बिचौलियाको काम गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालय राधेराधे, गुर्जुधारा कार्यालयहरू तथा ट्रायल सेन्टरहरूबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुर पठाएको छ ।
सबै पढ्नुहोस