×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

यातायात कार्यालयबाट १४ बिचौलिया पक्राउ

यातायात कार्यालयबाट १४ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय छेउछाउ बसेर बिचौलियाको काम गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालय राधेराधे, गुर्जुधारा कार्यालयहरू तथा ट्रायल सेन्टरहरूबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुर पठाएको छ ।

पक्राउ परेकाहरूले लिखित तथा ट्रायल फेल हुनेहरूलाई यातायातका कर्मचारीसँग चिनजान छ भन्दै पास गराउने बताउने र त्यसका लागि १० हजार रुपैयाँ लिने गरेको पाइएको छ ।

लाइसेन्स प्रिन्ट तथा ब्लुबुक लगायतका कागजात नवीकरणमा सहजीकरण गर्ने भन्दै अतिरिक्त रकम असुल्ने गरेको पाइएको छ ।

मेडिकल फेल भएकाहरूलाई समेत पास गराउने भन्दै रकम उठाउने र सेटिङमा छिटो छरितो काम गर्ने भन्दै रकम लिने गरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्