समानुपातिक सूचीबाट १६४ जनाले उम्मेदवारी फिर्ता लिए
पुस २९, २०८२काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई सूचित गरेको आयोगले जनाएको छ ।
सबै पढ्नुहोस