×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको छ।

अर्कीको पुरानो बस स्ट्यान्ड क्षेत्रमा आगलागी हुँदा धेरै पसल र आसपासका आवासीय संरचनामा क्षति पुगेको हो।  प्रभावित भवनहरू धेरैजसो काठका भएकाले आगो छिटो फैलिएको जनाइएको छ । 

ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए।

 मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् । यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।


 

प्रतिकृया दिनुहोस्