मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वर पुग्दै
फाल्गुण ८, २०८२महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ दिन महोत्तरीको जलेश्वर पुग्दैछन् । बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको रात्रिबासका लागि बिहानैदेखि जलेश्वर आउने क्रम सुरु भएको हो । अहिले जलेश्वरदेखि मटिहानीसम्मै यात्रीको अटुट पङ्ति देखिँदो छ । मटिहानी यात्रीको महोत्तरी जिल्लाको पहिलो रात्रि विश्रामस्थल हो ।
सबै पढ्नुहोस