×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

१२ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७१ करोड 

१२ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७१ करोड 

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १२.८३ अंक घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिकृया दिनुहोस्