काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।
मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन्।