×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाउने तेस्रो बैंक बन्यो एनएमबि

अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाउने तेस्रो बैंक बन्यो एनएमबि

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ९ गते ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।

बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर निष्काशन गर्दैछ । उक्त सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।

बैंकको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो । यसअघि नबिल बैंक र कामना सेवा विकास बैंकले पनि अग्राधिकार सेयर निष्काशनको अनुमति पाइसकेका छन् । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गरी बाँडफाड समेत गरिसकेको छ ।


 

प्रतिकृया दिनुहोस्