सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?
फाल्गुण २४, २०८२काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३५०० रुपैयाँ बढेर प्रतितोला तिन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस