काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु
चैत ६, २०८२काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ । गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् ।
सबै पढ्नुहोस