×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन ५५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

एकैदिन ५५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार एकैदिन सुनको मुल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ५ सय रुपैयाँले बढेर  प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा ४ हजार २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्