×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

विन्ध्यबासिनी हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

विन्ध्यबासिनी हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते, बुधबार, अनमोल बेन्क्वीट, शंखमुल, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने, शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नयाँ सञ्चालक समितिको चयन गर्ने, साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्