×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सन् २०२५ को अन्तिम कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब १३ करोड

सन् २०२५ को अन्तिम कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब १३ करोड

काठमाडौं । सन् २०२५ को अन्तिम कारोबार दिन अर्थात बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्लो समयमा राजनीति गतविधि हेर्दा चुनाव हुने सम्भावना बढेपछि बजारले सकारात्मक गति लिन थालेको हो ।

बुधबार नेप्से परिसूचक १०.५३ अंक बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम सहित नेप्से सूचक पनि बढेको छ । बुधबारको बजारमा कारोबारमा आएका २६० वटा कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । गत सोमबारको बजारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

बुधबारको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जस मध्येमा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १।६१ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन पियोर इनर्जी कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशतले बढेको हो ।  

प्रतिकृया दिनुहोस्