काठमाडौं । आइतबार छापावाला सुनको मुल्य घटेको छ। आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।