×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

भूगर्व सिमेन्टको व्यापार साढे १ अर्ब नाघ्यो

भूगर्व सिमेन्टको व्यापार साढे १ अर्ब नाघ्यो

काठमाडौं । भूगर्व सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २० प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। गत आवमा कम्पनीले ३ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

हाल कम्पनीसँग ११ करोड ६० लाख रुपैयाँ नगद सञ्चित रहेको छ। सन् २०१६ मा स्थापना भएको भूगर्व सिमेन्ट सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो।

कम्पनीसँग आफ्नै माइनिङ उद्योग रहेको छ, जहाँ दैनिक ३ हजार २०० मेट्रिक टन क्षमतामा माइनिङ हुँदै आएको छ। साथै, पीपीसी र ओपीसी सिमेन्ट गरी दैनिक ७ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ। त्यस्तै, दैनिक ३ सय मेट्रिक टन क्षमताको क्लिङ्कर उद्योग पनि सञ्चालनमा छ।

भूगर्व सिमेन्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ। यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४ करोड ७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९५ करोड ९२ लाख रुपैयाँको रेटिङ गरिएको छ।

प्रतिकृया दिनुहोस्