×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

मंसिरमा पनि घटे वैदेशिक रोजगारीमा जाने नेपाली, संख्या ६५ हजार

मंसिरमा पनि घटे वैदेशिक रोजगारीमा जाने नेपाली, संख्या ६५ हजार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ ।जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या ओरालो लागेको हो । 

असोज, कात्तिकसँगै मंसिरमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जुन कात्तिकको तुलनामा ७ हजार ३ सयले कम हो । कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या भने बढेको छ । मंसिरमा २९ हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । कात्तिकमा भने २२ हजार ५ सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

पुन: श्रम स्वीकृति लिनेको संख्या कात्तिकको तुलनामा मंसिरमा घटेको देखिन्छ । कात्तिकमा ५० हजार ५ सय ८० जनाले पुनस् श्रम स्वीकृति लिएका थिए भने मंसिरमा ३६ हजार ८७ जनाले स्वीकृति लिएका थिए ।

मंसिरमा सबैभन्दा बढी साउदी अरब पुगेका छन् । साउदीमा ६ हजार ४ सय ४२ जना पुगेका छन् । त्यसपछि कतारमा ३ हजार ८ सय ६१, यूएई २ हजार ३ सय ४२ र मलेसियामा ३ हजार ४ सय ४० जना गएका छन् ।

प्रतिकृया दिनुहोस्