×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे 

जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे 

काठमाडौं । जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । 

आजपाको काठमाडौं, कोटेश्वर स्थित पार्टी कार्यालय केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच नेताहरु आजपामा प्रवेश गरेका हुन् । 

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टी प्रवेश गर्ने नेतालाई टिका, खादा लगाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् । 

जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् । 

आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्