×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै 

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै 

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार अपराह्न विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ ।

सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिँदैछन् ।

प्रतिकृया दिनुहोस्