काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन्- यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!
उनले अर्को पोष्टमा बिचारको प्रतिवाद गर्न सक्ने तर तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नगर्न आग्रह समेत गरेका छन् ।