×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय

सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय

काठमाडौं । सालपा विकास बैंकको प्राथमिक शेयर (आईपीओ) बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आगामी पौष २५ गते शुक्रवार बाँडफाँट हुने भएको हो । 

यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।

यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर छुट्टाएर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि खुला गरेको थियो। 
 

प्रतिकृया दिनुहोस्