×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

६ दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ७५ करोड

६ दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ७५ करोड

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंक बढेर २ हजार ६ सय १४ दशमलव ०७ विन्दुमा पुगेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ६२ हजार ६६५ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको ८७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 

प्रतिकृया दिनुहोस्