काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको छ।युरोको खरिददर १७५ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा तोकिएको छ। त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
थाइ भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा रहेको छ।
त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८० पैसा तथा बिक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ।स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।