×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

युक्रेनमा नयाँ वर्ष उत्सवमा ड्रोन आक्रमण हुँदा २४ जनाको मृत्यु, ५० जना घाइते

युक्रेनमा नयाँ वर्ष उत्सवमा ड्रोन आक्रमण हुँदा २४ जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । जसमा ५० भन्दा बढी घाइते भएका छन् । 

टेलिग्राममा ठूलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षति भएको जनाइएको छ । 

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले आक्रमणमा “धेरै मानिसहरू जिउँदै जलेको बताउँदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरे ।

डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको बताउँदै उनले क्षेत्रीय अधिकारीहरूले पीडित र मृतकहरुका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए ।

 

प्रतिकृया दिनुहोस्