×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् ।

बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए। ‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि उनले भने ।

संसद् बैठक आह्वान गरेर जनताका विषयहरु, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रुपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

नेता हमालले बैठकमा सामसायिमक राजनीतिक विषयामा गमभीर छलफल गरेको बताए । छलफलले नेपालको राजनीतकि वृत्तमा गम्भीर समस्याहरु देखिएको महसुस गरेको उनले बताए ।

‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेको छ,’ हमालले भने, ‘त्यस्तै किसिमले जनजिविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुननिर्माणका कुराहरु बारेमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।’

प्रतिकृया दिनुहोस्