काठमाडौं । आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन अथात् विहीबार घटेको सुनको मूल्य आज ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ हजार २ सयले बढेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३ सय २० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ८ सय ७० रुपैयाँ रहेको थियो ।