बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
साउन ४, २०८३काठमाडौं । बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएका हुन् । सोमबार दिउँसो करिब १:२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस