×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार

भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ ।  २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुनस्स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ खटिएका छन् ।

 

प्रतिकृया दिनुहोस्