ओडिशास्थित अस्पतालमा आगलागी हुदा १० बिरामीको मृत्यु
चैत २, २०८२काठमाडौँ । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्षमा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालको सघन उपचार कक्षमा आगो लागेको थियो । आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा अफरातफरी मच्चिएको थियो । उद्धारका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई अन्य कक्षमा सारिएको बताइए
सबै पढ्नुहोस