×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य कार्गो विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोट्र्सका अनुसार दमकल अधिकारीहरूले विमान दुर्घटनामा ११ जनाको मृत्युको पुष्टि गरेका छन् । बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथरिटीले शुक्रबार स्थानीय समयानुसार बेलुकी ६: २० बजे विमान दुर्घटनामा परेको हो ।

सान्ता क्रुज सहरबाट उडान भरेको विमान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो । रनवेबाट चिप्लिएको विमान नजिकै रहेको हाइवेसम्म पुगेको र सडकमा रहेका बाहनहरूसँग ठोक्किएको बताइएको छ । दुर्घटना पछि विमनास्थल बन्द गरेर छानबिन सुरू गरिएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्