काठमाडौं । प्रि ओपन सेसनमा एसवाई प्यानल नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३१९ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर हिजो मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८ सय २३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३ सय ७१ कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।