काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेको निजि निवास बुढानिलकण्ठमा मंगलबार बिहान भएको भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको थियो ।
छलफलमा पछिल्लो जनादेशअनुसार समग्र देशको विकासमा सहकार्य गरेर अघि बढ्ने कुरामा एकमत भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।