×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन: रञ्जित तामाङ

झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन: रञ्जित तामाङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार  रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् ।

उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् ।

 नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् । 

उनले आफु सबै खेलाए अतिवादसँग लडेर आएको भन्दै घोषित र अघोषित कुनै किसिमको गठबन्धन गर्ने विषयमा छलफल नभएको स्पष्ट गरेका छन् । उनले आफुले जनताको माया पाइरहेको भन्दै चुनाव जित्ने दाबि समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्