×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।

अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्