×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा लगायो प्रतिबन्ध

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका मानिसका लागि आप्रवासी भिसा प्रोसेसिङमा अनिश्चितकालीन रुपमा रोक्ने घोषणा गरेको छ।

यही जनवरी २१ देखि लागू हुने ट्रम्प प्रशासनको यो आदेशले संयुक्त राज्य अमेरिकामा कानुनी प्रवेशलाई थप प्रतिबन्धित गर्नेछ। हालैका समयमा अमेरिकाले लिएको यो सबैभन्दा कडा भिसा प्रतिबन्ध हो। अमेरिकी विदेश विभागले बुधबार भन्यो, ‘सरकार यस प्रणालीको दुरुपयोग अन्त्य गर्न चाहन्छ।’

यसका साथै, प्रतिबन्ध सूचीमा रहेका प्रारम्भिक १९ देशका आप्रवासीहरुका लागि शरण मुद्दा, नागरिकता प्रशोधन र ग्रीन कार्ड आवेदनहरु रोकिएका छन्। अमेरिकी विदेश विभागका प्रमुख उपप्रवक्ता टमी पिगोटले भने, ‘संयुक्त राज्य अमेरिकामा बोझ पैदा गर्न सक्ने र अमेरिकी जनताको उदारताको शोषण गर्न सक्ने सम्भावित आप्रवासीहरुलाई अयोग्य घोषित गर्न राज्य विभागले आफ्नो अधिकार प्रयोग गर्नेछ।’

पिगोटले व्याख्या गरे कि पुनर्मूल्यांकन गर्न र कल्याणकारी र सार्वजनिक लाभ कार्यक्रमहरुमा आश्रित हुन सक्ने विदेशी नागरिकहरुको प्रवेश रोक्न भिसा प्रशोधन अस्थायी रुपमा निलम्बन गरिएको छ।

यी देशकाका लागि आप्रवासन भिसा प्रक्रिया रोकिएको छ

अफगानिस्तान
अल्बानिया
अल्जेरिया
एन्टिगुआ र बारबुडा
आर्मेनिया
अजरबैजान
बहामास
बंगलादेश
बार्बाडोस
बेलारुस
बेलिज
भुटान
बोस्निया
ब्राजिल
म्यानमार (बर्मा)
कम्बोडिया
क्यामरून
केप भर्डे
कोलम्बिया
कोट डी’आइवर
क्युबा
कंगो प्रजातान्त्रिक गणतन्त्र
डोमिनिका
इजिप्ट
इरिट्रिया
इथियोपिया
फिजी
गाम्बिया
जर्जिया
घाना
ग्रेनाडा
ग्वाटेमाला
गिनी
हैटी
इरान
इराक
जमैका
जोर्डन
काजाकिस्तान
कोसोभो
कुवेत
किर्गिस्तान
लाओस
लेबनान
लाइबेरिया
लिबिया
म्यासेडोनिया
मोल्डोभा
मंगोलिया
मोन्टेनेग्रो
मोरक्को
नेपाल
निकारागुआ
नाइजेरिया
पाकिस्तान
कंगो गणतन्त्र
रूस
रुवाण्डा
सेन्ट किट्स र नेभिस
सेन्ट लुसिया
सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स
सेनेगल
सिएरा लियोन
सोमालिया
दक्षिण सुडान
सुडान
सिरिया
तान्जानिया
थाइल्याण्ड
टोगो
ट्युनिसिया
युगान्डा
उरुग्वे
उज्बेकिस्तान
यमन


 

प्रतिकृया दिनुहोस्