×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

पानीराज भन्छन : कार्यदलबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेका हौं

पानीराज भन्छन : कार्यदलबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेका हौं

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीको उमेदवार सिफारिस कार्यदलले दुबै क्षेत्रका प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका उमेदवारहरू सिफारिस गरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का इन्चार्ज बुद्धिमान माझी 'वसन्त'को अध्यक्षतामा शुक्रबार बसेको कार्यदलको बैठकले उक्त सिफारिस गरेको  कार्यदलका सदस्य पानीराज बम्जनले जानकारी दिएका छन् । 

वसन्त माझी, तत्कालीन माओवादी केन्द्रका संयोजक पानीराज बम्जन, सचिव दिलबहादुर बिक 'विनोद', तत्कालीन नेपाल समाजवादीका अध्यक्ष सुरदबहादुर स्ताङ्तान, सचिव मोदनाथ तिमल्सिना, तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष चित्रबहादुर लुङ्गेली, भरतकुमार योन्जन, चित्रबहादुर पुलामी सहितको कार्यदल बनेको थियो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पुस १० गते आन्तरिक परिपत्रमार्फत कार्यदल बनाएर उमेदवार सिफारिस गर्न निर्देशन दिएका थिए । 'पार्टीका आधिकारिक समितिहरू निर्माण भैनसकेको वर्तमान स्थितिमा प्रदेश र जिल्लास्तरमा साविक पार्टीका इन्चार्ज, प्रमुख, अध्यक्ष, संयोजक समेतका पदाधिकारी तथा जिल्लामा क्रियाशील घटकका एकजना प्रतिनिधि रहेको कार्यदलको बैठकबाट उमेदवारहरूको नाम सिफारिस गर्नेु पार्टीको परिपत्रका आधारमा कार्यदल बनाइएको र कार्यदलले सर्वसम्मत सिफारिस गरेको पानीराज बम्जनले बताए ।

सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिकाका अगुवाहरूको औपचारिक, अनौपचारिक सुझाव समेतका आधारमा सिफारिस गरिएको बम्जनले बताए । जसअनुसार प्रत्यक्षतर्फ क्षेत्र नम्बर एकबाट लेखनाथ दाहाल 'राजन', चित्रबहादुर लुङ्गेली, डेकेन्द्र सुवेदी, जानुकाकुमारी तिमल्सिना र विजय खड्काको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर दुईबाट पुष्पकमल दाहाल 'प्रचण्ड', हरिबोलप्रसाद गजुरेल, महेश्वर दाहाल, पानीराज बम्जन, अनिताकुमारी राई र सुमन रानाको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ क्षेत्र नम्बर एकमा दिलबहादुर बिक 'विनोद' र बन्दना श्रेष्ठ सुवेदीसहितको तथा क्षेत्र नम्बर दुईबाट चित्रबहादुर पुलामी र सुभकुमारी गुर्माछानेसहित पाँच पाँच जनाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै राष्ट्रियसभा सदस्यका लागि गंगाप्रसाद नेपाल र सावित्री श्रेष्ठको नाम सिफारिस गरिएको पनि बम्जनले बताए । 

प्रतिकृया दिनुहोस्