×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

१३ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब १७ करोड

१३ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब १७ करोड

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १३.३५ अंक घटेर २ हजार ६ सय ३५ दशमलव ९४ विन्दुमा झरेको छ।  

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँबराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ९४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। शेयरमूल्य बढेका अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। 

प्रतिकृया दिनुहोस्