×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर यस दिन बाँडफाँट भएको हो।

कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। सो शेयर खरिदका लागि कुल ६२ हजार ९ सय ६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ आवेदन रद्द भएको छ भने ६२ हजार ९४७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छ भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ आवेदकमध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता अर्थात २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।


 

प्रतिकृया दिनुहोस्