×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं ।  विजय लघुवित्तले  पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्नेछ।

यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०स्३० कायम हुने छ।

प्रतिकृया दिनुहोस्