×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज हाथवे इन्भेष्टमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९७ हजार ६८० कित्ता शेयर, प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापत २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता शेयर र एशियन लाइफको ५ दशमलव १ प्रतिशत बोनश वापत १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको यी ३ कम्पनीको शेयर आजैबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।


 

प्रतिकृया दिनुहोस्