काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीयष जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।
सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिए ।
लेखक आज जाँचबुझ आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान दिएका हुन्। जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।
यस्तो छ बयान :





