×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

बालुवाटारमा सर्वपक्षीय बैठक जारी

बालुवाटारमा सर्वपक्षीय बैठक जारी

काठमाडौं । सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् ।

प्रतिकृया दिनुहोस्