×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

अस्ट्रेलियाले खोज तथा उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने

अस्ट्रेलियाले खोज तथा उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने

काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने भएको छ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय हुनेछ ।

टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत द्रुत नक्साङ्कन तथा तस्बिररइमेजिङ गर्नेछ। यसबाट नेपाली अधिकारीको खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अस्ट्रेलियाली सरकारले जनाएको छ।

नेपाल सरकारले अस्ट्रेलियाले निरन्तर गर्दै आएको सहयोगको प्रस्तावलाई स्वीकार गर्दै खोजी तथा उद्धारका लागि यस्तो सहयोग औपचारिक रूपमा माग गरेको हो ।

अस्ट्रेलियाले थप खोजी, उद्धार तथा पुनःस्थापना सहयोगका लागि आफू तयार रहेको जनाएको छ।

अष्ट्रेलियाले १९ जना कर्मचारी यसअघि नै नेपाल पठाइसकिएको छ। कन्सुलर तथा मानवीय सहायता, अस्ट्रेलियन फेडरल पुलिस र रक्षा मन्त्रालयका कर्मचारी छन् ।

बाढी तथा विपद्का कारण नेपालमा रहेका ३८ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

प्रतिकृया दिनुहोस्