×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

घोराही सिमेन्टको शेयरमूल्य समायोजन

घोराही सिमेन्टको शेयरमूल्य समायोजन

काठमाडौं ।  घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४१४ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको शेयर प्रतिकित्ता ४५६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।


 

प्रतिकृया दिनुहोस्